Comments Add Comment

इराक युद्धमा ब्लेयरले माफी मागे, बुसमाथि युद्धअपराधको मुद्दा चल्न सक्ने

eorge_w_bush_tony

२३ असार, काठमाडौं । इराक युद्धबारे अध्ययन गर्न बनेको बेलायती चिलकोट जाँचबुझ आयोगले आफ्नो रिपोर्ट सार्वजनिक गरेको भोलिपल्ट बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले युद्धमा मारिएकाहरुका परिवारसँग माफी मागेका छन् । उता अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि भने युद्ध अपराधको मुद्दा चल्न सक्ने चर्चा सुरु भएको छ ।

ब्लेयरलाई थाहा छ, माफी पाइँदैन

बेलायती प्रधानमन्त्री ब्लेयरले माफी मागेको सम्बन्धमा बिहीबार बीबीसीले लेखेको छ- ‘बि्रटेनका पूर्वप्रधानमन्त्री टानी ब्लेयरले २००३ को इराक युद्धमा मारिएका मानिसका परिवारजनसँग माफी मागेका छन् । तथापि उनले यो पनि स्वीकार गरेका छन् कि तीन परिवारजनले तिनलाई न कहिल्यै बिर्सनेछन् र न माफ गर्नेछन् ।’

पूर्वप्रधानमन्त्री ब्लेयरले इराकमाथिको आक्रमण गल्ती भएको घुमाउरो किसिमले स्वीकारोक्तिसमेत प्रकट गरेका छन् । बीबीसी रिपोर्टका अनुसार उनले यो स्वीकार गरेका छन् कि त्यसबेला खुफिया सूचना गलत थियो र युद्धपछिको योजना खराब थियो ।

सद्दामले हारे, आइएस जन्मियो !

तत्कालीन सद्दाम हुसेनको सत्ता विरुद्ध सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि नेटो गठबन्धबाट सैन्य आक्रमण भएको थियो । अमेरिकी आक्रमणलाई बेलायतले सक्रियतापूर्वक सघाएको थियो ।

इराक आक्रमणमा दौरान २००३ देखि २००९ सम्म बेलायती सैनिकहरु १७९ जना मारिएका थिए । इराक युद्धमा ३ हजार ८ सय ७६ जना मारिएका थिए भने ५७ हजार ३ सय ५५ जना घाइते भएका थिए । विस्थापितहरुको संख्या लाखौंमा रहेको छ । त्यस्तै धनजनको क्षति एवं घरबारविहीन हुनेहरुको यकिन विवरण नै छैन ।

इराकले रासायनिक एवं जैविक हतियार राखेको आरोपमा अमेरिका र बेलायतले त्यहाँको सार्वभौमितामाथि आक्रमण गरेको थियो । तर, अमेरिका र बेलायतले दाबी गरेजस्तो इराकमा जैविक हतियार फेला परेन ।

अर्कोतर्फ सद्दामको शासन ढलेपछि इराकमा अहिलेसम्म त्यहाँ शान्ति कायम हुन सकेको छैन । इराक युद्धको प्रतिफलस्वरुप इस्लामिक विद्रोहीहरुको जन्म भएको छ र यसैका कारण युरोप र संसारका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढेका छन् ।

संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्ट अनुसार सिरियाका चारवटा शहरमा मात्रै अहिले ६२ हजार नागरिक भोकमरीको शिकार बनेका छन् ।

सिरियालगायतका देशबाट लाखौंको संख्यामा शरणार्थीहरु युरोपको विभिन्न भागमा छरिएका छन् । बलात्कार, मानव बेचबिखन, भोकमरी लगायतका समस्याले सिंगै विश्व यतिबेला आक्रान्त बनेको छ ।
र, यी सबै परिघटनाको कारक इराकमाथि थोपरिएको अनावश्यक युद्ध नै हो भन्ने निश्कर्ष अमेरिका र बेलायत दुबै देशमा निकाल्न थालिएको छ ।

इराक आक्रमण अन्यायपूर्णः चिलकोट रिपोर्ट

यसैवीच इराकमाथि गरिएको आक्रमणको औचित्यबारे अन्वेशण गर्न गठित आयोगले बुधबार आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सात वर्ष लगाएर गरिएको जाँचबुझपछि तयार पारिएको रिपोर्टमा इराकमाथिको आक्रमण अन्तिम विकल्प थिएन भन्दै इराक आक्रमणलाई नाजायज ठहर गरेको छ ।

chilcot_report

जोन चिलकोटको संयोजकत्वमा तयार पारिएको यो जाँच रिपोर्ट विभिन्न १२ खण्डमा प्रकाशित गरिएको छ ।

बेलायतले शान्ति र निशस्त्रीकरणको पर्याप्त उपाय अवलम्बन नगरी सैन्य आक्रमणको आखिरी उपाय अपनाएको रिपोर्टमा निश्कर्ष निकालिएको छ ।

त्यसैगरी इराकमाथि तबाही मच्चाउनेवाला हतियार लिएर गरिएको आक्रमण न्यायोचित नभएको चिलकोट रिपोर्टको निश्कर्ष छ । गुप्तचरहरुको अपुष्ट रिपोर्टका आधारमा त्यसको जाँच नगरिकन आक्रमण गरिएको ठहर जाँचबुझ आायोगको रिपोर्टमा स्पष्ट पारिएको छ ।

साथै आक्रमणपछि उत्पन्न हुने जोखिमको पनि आँकलन नगरी इराकमाथि आक्रमण गरिएको रिपोर्टमा उल्लेख छ । सद्दाम हुसेनलाई परास्त गरेपछि के गर्ने भन्ने पनि आँकलन नगरी आक्रमण गरिएको निश्कर्ष चिलकोट जाँचबुझ आयोगले निकालेको छ ।

‘जुन परिस्थितिमा इराकमाथि हमलाको कानून आधार दिइइएको थियो, त्यसलाई पनि सही ठहर्‍याउन सकिँदैन,’ रिपोर्टमा भनिएको छ ।

‘बुसमाथि युद्धअपराधमा मुद्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment