Comments Add Comment

पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा सीसी क्यामरा जडान

फोहर फाल्ने र तीव्र गतिका सवारी कार्वाहीमा पर्ने

cc camera_tikauli_chitawan (1)२४ असार, चितवन  । चितवनको टिकौली जंगलका हरेक गतिविधि सीसी क्यामरा मार्फत निगरानी गरिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र वरण्डाभार जोड्ने टिकौली जंगल अन्र्तगत पर्ने पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा सीसी क्यामरा जडान गरि निगरानी गरिने भएको हो । वन्यजन्तु संरक्षणमा चुनौती, जथाभावी फोहरमैला फाक्ने र तिव्र गतिका कारण कारण जंगली जनावर घाइते हुने र मर्ने क्रम बढेपछि सीसी क्यामरा जडान गरि निगरानी गर्न लागेको हो । जसका लागि यतिवेला धमाधाम सीसी कयामरा जडान भईरहेको छ ।

जिल्लाको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने चार किलोमिटर वन क्षेत्रमा राजमार्गमा १० वटा सीसी क्यामरा जडान गरिंदै निगरानी सुरु गर्न लागेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण नुरेन्द्र अर्यालले जानकारी दिए  । हाल सम्म ५ वटा क्यामरा जडान भईसकेको ५ वटा जडान कार्य तिव्र गतिमा जारी छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा क्यामरा जडान गरिएको हो ।

cc camera_tikauli_chitawan (2)सोलारबाट विद्युत आपूति गरि क्यामरामा कैद भएका गतिविधि शसस्त्र वन रक्षक तालिम केन्द्रमा चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेनाको श्री जंग गण, नेपाली प्रहरी र ट्राफिक प्रहरी सम्मिलित टोली निगरानी राख्नेछन् । सिसि क्यामरा जडानसँगै वन्यजन्तु आवागमन सुरक्षित हुने, सवारीको तिव्र गति नियन्त्रण हुने, जथाभावी सवारी समेत रोकिने छनै, वन्यजन्तुको सडक दुर्घटनामा हुने मृत्युमा कमी आउनेछ-चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेले भने ।

गैरकानुनी क्रियाकलाप नियन्त्रणमा समेत ठूलो सहयोग मिल्ने छ । सीसी  क्यामराले असार अन्तिम सम्म पूर्ण रुप सञ्चालनमा निगरानी सुरु गर्ने समेत उनले बताए ।

cc camera_tikauli_chitawan (3)‘लगातार रुपमा शुन्य चोरी शिकार वर्ष मनाई रहेको निुकञ्जको टिकौली जंगलमा निगरानी गर्दा पनि समस्या आउने खतरा थियो’, श्री जंग गणका गणपति माधव थापाले भने । अब सीसी कयामरा र हाम्रो संयुक्त अप्रेशनमा यो कार्य ठूलो सहयोग मिल्नेछ ।

यस अघि निकुञ्जका विभिन्न स्थान श्री जंग गण सीसी क्यामरा जडान गरिसकेको छ ।  यस अघि मात्रै विभिन्न समयमा अनलाइनखबरले टिकौली जंगलमा सीसी क्यामरा जडान गर्न स्थानीय संरक्षणकर्मीहरु माग सहित सीसी क्यामरा जडान गर्न समाचार प्रशकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment