+
+

बग्दादमा इद मनाइरहेकाहरुमाथि आक्रमण, ३० को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते ११:१५

iraq_blast

२४ असार, काठमाडौं । इराकको राजधानी बग्दादमा इद पर्व मनाइरहेका शिया मुस्लिम समुदायको पवित्रस्थलमा आत्मघाती आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मा स्लामिक स्टेटले लिएको छ ।

इद मनाइरहेकाहरुलाई लक्षित गरी बिष्फोटक पदार्थ जडित बेल्ट पहिरिएका एक व्यक्तिले आफैलाई विष्फोट गराए र त्यसलगत्तै बन्दुकधारीहरुले गोली वर्षाएका थिए ।

इराकी अधिकारीहरुका अनुसार आक्रमणमा केही घाइते भएका छन् ।

यसै साता बगदादकै शिया बहुल क्षेत्रमा भएको एक आक्रमणमा तीन सय जनाको मृत्यु भएको थियो ।

बिहीबार पनि बंगलादेशमा इद मनाइरहेकाहरुमाथि आक्रमण हुँदा तीन जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?