+
+
Shares

सुनुवाई समितिबाट अयोधी अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिको बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते १२:१७

२४ असार, काठमाडौं । व्यवस्थापिका संसदको Ayodhi-Prasad-yadavसंसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा यादवको सुनुवाई भएको थियो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ ।

संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कार्यबाहक प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए ।तर, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गरिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?