Comments Add Comment

जनयुद्ध जत्तिकै कठिन रहेछ बजार अनुगमनः आपूर्तिमन्त्री पुन

Ganeshman-Pun

२५ असार, काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुनले बजार अनुगमन नगर्ने कर्मचारीमाथि कारवाही गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा चलाइएको साताब्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तरहीन र अखाद्य बस्तु विक्री वितरण भइरहेको फेला परेको भन्दै उनले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन गर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पुनले भने, ‘गैरकानूनी काम गर्नेलाई पनि कारवाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारवाही हुन्छ ।’

मन्त्रालय अहिले कारवाहीमा देखिएको फितलो कानुन र अन्तर मन्त्रालय समन्वयको समस्या हल गरेर एकीकृत अनुगमन अभियान थाल्ने योजनामा सक्रिय रहेको उनले बताए ।

माओवादी नेता समेत रहेका आपूर्तिमन्त्री पुनले बजारमा देखिएको बेथिति, अनुगमन र कारवाही जनयुद्ध लड्नु जत्तिकै जटिल रहेको आफूले महसुस गरेको सुनाए । उनले भने, ‘कुनै पनि कामको दुई आयाम हुन्छ । जनयुद्ध जटिल थियो । बजार अनुगमन पनि जटिल छ । यो नै जनयुद्ध हो ।’

उनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएको भन्दै अहिले देखिएको अभाव हटाउन विदाको दिनमा पनि वितरण गर्ने व्यवस्था मिलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment