+
+
Shares

नारायणी लिफ्टकाे कब्जामा रहेको जग्गा विद्यालयले आफ्नो मातहतमा ल्यायो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १८:२३

१८ चैत, चितवन । वर्षौदेखि नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन कार्यालयले चर्चेको जग्गा नारायणगढमा रहेको आदिकवि भानुभक्त माविले आफ्नो मातहतमा ल्याएको छ ।

विद्यालयको जग्गाको लालपूर्जामा १९ कठ्ठा सवा ५ धुर जग्गा भएपनि जम्मा ११ कठ्ठा मात्रै विद्यालयले भोगचलन गर्दै आएको थियो ।

विद्यालयको नाममा रहेको ८ कठ्ठा सवा ५ धुर जग्गा सिँचाइको जग्गामै परेको थियो । अहिलेसम्म खोजीनीति नै नगरिएको जग्गालाई विद्यालय मातहतमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदि्र अधिकारीले जानकारी दिए ।

विद्यालय मातहत ल्याइएको जग्गामा सिँचाइका कर्मचारीको क्वाटर रहेको छ । ‘सो जग्गा विद्यालयको नाममा भएको जग्गा हो, तर विद्यालयले वर्षोदेखि वास्ता नगर्दा सिँचाइले भोगचलन गर्दै आएको थियो,’ अध्यक्ष अधिकारीले भने, ‘अब ८ कठ्ठा सवा ५ धुर जग्गामा विज्ञान संकाय सञ्चालन गछौं ।’

विद्यालयले उक्त जग्गामा कम्पाउण्डवाल लगाउन थालेको छ । विद्यालयको कामप्रति नारायणी लिफ्ट कार्यालयले भने बिरोध गरेको छ ।

भरतपुर महानगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयको समेत स्वीकृतीमा विद्यालयले लालपूर्जामा भएको जग्गा लिएको अध्यक्ष अधिकारीले बताए ।
‘हाम्रो जग्गा नारायणी लिफ्टले प्रयोग गरेको भेटियो, नापी कार्यालय र महानगर कार्यालयका अमिनले छुट्टाएको जग्गामा कम्पाउण्ड लगायौं, ‘ अध्यक्ष अधिकारीले भने, ‘नारायणी लिफ्टले पनि आफ्नो लालपूर्जा र नक्सा लिएर आओस् ।’

जग्गा छुट्टाउने बेलामा नारायणी लिफ्ट कार्यालयलाई बोलाउँदा पनि नआएको अध्यक्ष अधिकारीले बताए ।

यता, नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थान कार्यलयका प्रमुख खेमबहादुर पाठकले विद्यालयले मनपर्दी गरेको आरोप लगाएका छन् ।

‘कार्यालयको जग्गा करिब ३ विघा जति हो, नक्सामा कति छ भने खोजी थालेको छु,’ कार्यालय प्रमुख पाठकले भने, ‘कार्यालयको जग्गा मिचेको भए अदालतमा मुद्धा हाल्छौं ।’

उनले प्रमुख जिल्ला अधिकारी विवाद समाधान गरेर जग्गा लिन भनेपनि विद्यालयले नमानेको आरोप पाठकले लगाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?