+
+

पहाडकी छोरी बनेर मधेस गइन् सुष्मा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २५ गते १६:४४

sushmaकाठमाडौं । मधेस आन्दोलनको विषय समेटेर तयार पारिएको चलचित्र ‘जय मधेस’ भदौमा प्रदर्शन हुने भएको छ । यस चलचित्र पहाडियाको छोरीको भुमिका निर्वाह गरेकी सुषमा अधिकारीले चलचित्र राम्रो बनेको दाबी गरिन् ।

‘नाम जय मधेश भएकाले मधेसी समुदाय केन्दि्रत फिल्म हो कि भन्ने लागेको रहेछ तर हैन’ उनले भनिन् ‘समग्र नेपालीको कथा बोकेको छ फिल्मले ।

हिमाली, पहाडी र तराई क्षेत्रमा बसोबास गर्नेहरुले एक अर्का समुदायप्रति सम्मान भाव ब्यक्त गर्नुपर्ने सन्देश चलचित्रले दिएको छ । आम जनताको सम्बन्ध एक अर्काप्रति राम्रो भएपनि केहि नेताहरुले साम्प्रदायिकता खल्बल्याउन प्रयास गरेको सिनेमामा देखाइएको छ ।

श्रीरामप्रसाद रौनियारको निर्देशन रहेको यस फिल्ममा प्रदेशी शाह, सुषमा अधिकारी, पुकार भट्टराई, रामु यादब, सन्तोषब बर्मा, घनश्याम गिरी, पुष्पा पाण्डे, शिबप्रसाद कुर्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

भोजपुरी र नेपाली भाषामा बनेको उक्त फिल्म राधिका इन्टरनेशनल मुभिजको ब्यानरमा बनको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?