Comments Add Comment

सुल्तानको रोयल्टी माग्दै सलमानबिरुद्व उजुरी

Salman-sultan

मुम्बई । सलमान खान अभिनित सुल्तान सिनेमा हलमा रिलिज भईरहँदा नयाँ विवाद सुरु भएको छ । साबिर बाबाको नामवाट परिचित साबिर अन्सारीले मुजफ्फुर सीजेएम कोर्टमा सलमानले धोका दिएको भन्दै उजुरी हालेका छन् ।

सलमान खान, अनुष्का शर्मा, निर्देशक अली अब्बास र निर्माता यशराज फिल्मसलाई विपक्षि बनाइको छ ।

उजुरीकर्ताले फिल्मको कथा मुजफ्फुको इस्लामपुरमा बस्ने साबिर बाबाको जीबनवाट पे्ररित भएको दाबी गरेका छन् ।

साबिर बाबाका अनुसार सलमानले रोयल्टी वापत २० करोड दिने आस्वासन दिएका थिए तर, अहिले रोयल्टीको विषयमा सलमान मौन छन् ।

फिल्म हेरेपछि हुबहु आफ्नो जीबनीसंग मिलेको उनले दाबी गरेका छन् । सुलतानको कारण सलमान विवादमा आएको यो दोस्रो पटक हो । यस अघि एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा बलात्कृत महिलाको जस्तै पिडा भोगेको भनेपछि उनी विवादमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment