Comments Add Comment

दल दर्ताका लागि नयाँ शक्तिले दियो आवेदन

Naya-Sakti-Dal-Darta

 

२६ असार, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको छ ।

नयाँ शक्तिका नेताहरुले बहादुर भवनस्थित निर्वाचन आयोगमा पुगेर आवेदन दिएका हुन् । भृकुटीमण्डपमा जम्मा भएका नेताहरु दलबलसहित आयोगको कार्यालय पुगेका थिए ।

दल दर्ताका लागि आवेदन दिएपछि संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति बैकल्पिक दल भएको दाब ीगरे । साथै उनले आफ्नो पार्टी लोकतान्त्रिक समावेशी नभएको जिकिर गरे ।

Naya-Sakti-Dal-Darta-1

नयाँ शक्तिले ९६ जना केन्द्रीय सदस्यसहित दल दर्ताका लागि आवेदन दिएको छ । र, उसले तारा चुनाव चिन्ह माग गरेको छ ।

पार्टीले बुझाएको विधान, नियमावली, घोषणा पत्र सबै प्रमाणित भए यसै आर्थिक वर्षभित्र दल दर्ता हुने कार्यबाहक प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment