+
+
Shares

संजय ‘खलनायक रिटर्न्स’मा ‘बल्लु’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १२:४५

sunjaya dutta in khalnayak
दुई दशकपछि बलिउड नायक सञ्जय दत्त ‘खलनायक रिटर्न्स’मा ग्याङ्स्टारको भुमिका देखिने भएका छन् । बल्लु बलरामको भुमिकामा फेरि देखिन लागेका सञ्जय उत्साही छन् । चलचित्रको निर्माण सुभाष घइले गर्ने भएका छन् ।

उनले सन् १९९३ मा एक्सन थ्रीलर चलचित्र ‘खलनायक’मा ‘बल्लु बलराम’को भुमिका निर्वाह गरेका थिए । उनको साथमा माधुरी दीक्षित र ज्याकी श्राफ चलचित्रमा देखिएका थिए । घइकै निर्देशन रहेको उक्त चलचित्र तत्कालीन समयमा निकै चर्चित भएको थियो । चलचित्रले कमाई पनि राम्रो गरेको थियो ।

घइको मुक्ता आर्टस र सञ्जय दत्त प्रोडक्सनले यहि वर्षको अन्तिममा ‘खलनायक रिटन्र्स’ निर्माण गरिसक्ने घोषणा गरेको छ । निर्देशक घइले २० वर्षपछि सञ्जयले ‘बल्लु’को चरित्र निर्वाह गर्न लागेको जानकारी दिँदै अन्य कलाकार छनौट गर्न बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?