+
+
Shares

काग्रेस र एमाले सँगै सरकारमा बस्न सक्दैनन्ः डा. रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १६:००

Minendra-Rijal

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख दुई दल कांग्रेस र एमाले सँगै सरकारमा बस्न नसक्ने बताएका छन् ।

संविधानमै सहमतीय सरकारको ब्यवस्था नरहेको भन्दै उनले सहमतीय सरकारको कुनै सम्भावना नरहेको दाबी गरे ।

कांग्रेस प्रतिपक्षमा रहे पनि संविधानको कार्यान्वय र भूकम्पपछिको पुनर्निर्माणमा सरकारसँगै रहेको भन्दै उनले माओवादीले भने जस्तो संविधान कार्यान्वयनकेालागि सहमति आवश्यक नरहेको बताए । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता रिजालले भने,’ संविधान कार्यान्वयनमा हामी प्रतिपक्ष होइनौं । संविधानलाई सर्वस्विकार्य बनाउने हो । यसमा हामी सधै अग्रसर हुन्छौं ।’

काग्रेससँग बहुमत नभएकोले प्रतिपक्षमा रहेको भन्दै माओवादीले सरकाबारे कुनै निर्णय नगरेसम्म कांग्रेसको भूमिका नै नहुने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले अब सहमतिको सरकार निर्माणको प्रक्रिया तीव्र हुने दाबी गरे ।

संविधान कार्यान्वयनसहित मुलुकको समस्या समाधान गर्न सहमतिको सरकार अपरिहार्य रहेको भन्दै उनले भने, ‘ कांग्रेस सहमत भए मधेसलाई विश्वासमा लिएर सहमतिको सरकार निर्माण गर्नु पर्छ । न्यूनतम साझा कार्यक्रम बनाएर जसको नेतृत्वमा सहमति जुट्छ, उसैको नेतृत्वमा सरकार बनाउनु पर्छ ।’

सत्तारुढ एमालेले माओवादीसँग भएको भद्र सहमति कार्यान्वयन गर्ने बेला आएको भन्दै उनले आफ्नो पार्टीले अहिले नै सरकारको विकल्प खोज्ने विषयमा हतार भने नगर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?