+
+
Shares

टेकुमा बन्ने भयो महानगरपालिकाको नयाँ कार्यालय भवन

बागदरबारलाई नभत्काई रेक्ट्रो फिट गरिने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १२:५५
bagdarbar--new
बागदरबार पुनर्निर्माणका लागि प्रस्ताव गरिएको डिजाइन । अब यो भवन बन्ने छैन ।

२७ असार, काठमाडौं । योजनाअनुसार काम भए अबको एक वर्षपछि काठमाडौं महानगरबासीले नगरस्तरीय सेवा लिन टेकुमा जानुपर्नेछ । काठमाडौं महागरपालिकाले अर्को साउनसम्म बागदरबारमा रहेको मुख्य कार्यालयलाई टेकुमा सार्ने योजना बनाएको छ ।

भूकम्पले बागदरबारमा क्षति पुर्‍याएपछि महानगरपालिका अहिले घरबिहीन छ । भूकम्प अघिसम्म आफ्नो मुख्य कार्यालय रहेको बागदरबारलाई भत्काउने योजना पनि स्थगित गरेर महानगरपालिका अब टेकुमा सर्ने तयारीमा लागेको छ ।

बागदबार पुरातात्विकका महत्वको भएको पुष्टी भएपछि यसलाई भत्काएर नयाँ अत्याधुनिक भवन निर्माण गर्ने योजनालाई महानगरपालिकाले स्थगित गरेको हो ।

पुरातत्व विभागले बागदरबार पुरतात्विक सम्पदा भएकाले यसलाई संरक्षण गर्न निर्देशन दिएपछि महानगरपालिकाले बागदरबारमा नयाँ भवन बनाउने योजना स्थगनको निर्णय गरेको कार्यकारी अधिकृत रुद्रसिंह तामाङ बताए ।

‘बागदरबारमा अब भूकम्प प्रतिरोधी बनाउन रेक्ट्रो फिट गरिनेछ,’ कार्यकारी अधिकृत तामाङले भने, ‘पुरातत्व विभागले बागदरबारको संरक्षण गर्न भनेकाले अब त्यसैअनरुप काम हुनेछ ।’

महानगरपालिकाले बागदरबारस्थित भवनलाई पूर्णरुपमा भत्काएर नयाँ भवन निर्माण गर्नको लागि नक्सा र डिजाइन गरिसकेको थियो ।

यो भवनमा महानगरपालिकाले थिएटर हल, टिभी स्टेशन र रेडियो स्टेशनसमेत राख्ने योजना बनाएको थियो ।

नियो क्लासिक डिजाइन अर्थात बाहिरी आवरण पुरानो भवनको जस्तै देखिने गरी बनाउने तयारी भएपनि पुरातत्व विभागले बागदरबार भत्काउनै नदिएको हो । भवनको लागत १ सय करोड अनुमान गरिएको थियो ।

‘अब पुरानो योजनाअनुसार बागदरबारमा नयाँ भवन नबन्ने भएकाले वैकल्पिक भवनको व्यवस्था गर्ने योजना बनिसकेको छ,’ उनले भने, ‘अब टेकुमा रहेको हाम्रो खाली जग्गामा नयाँ भवन बनाउन तयारी अघि बढाएका छौं ।’

अब टेकुमा भवन बनाएर महानगरपालिको मुख्य कार्यालय त्यसैमा सार्ने उनले बताए । अहिले महानगरका केही विभागबाहेक मुख्य कार्यालय भाडाको घरमा बसिरहेको छ ।

‘लामो समय हामी भाडाको घरमा बस्ने छैनौं । हाम्रो आफ्नै भवन जतिसक्दो चाँडो बनाउन डिजाइनिङको काम सुरु भएको छ,’ तामाङले भने, ‘टेकुमा रहेको नगरप्रहरी बसेको ७ रोपनी जग्गामा नयाँ भवन बन्ने छ ।’

उनका अनुसार अब बन्ने भवनमा प्रमुख रुपमा स्टील फिक्सिङ गरिनेछ । इँटा लगायत गह्रुंगा निर्माण सामाग्री भन्दा हुलका स्टील र सिसाका सामग्रीको प्रयोग गरेर नयाँ भवन बनाइने छ । आगामी साउनसम्म नयाँ भवनको निर्माण सक्ने गरी काम हुने उनले बताए ।

महानगरपालिकाले भूकम्पपछि राष्ट्रिय सभागृहमा आफ्नो कार्यालय सारेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाभित्रै राष्ट्रिय सभागृह छाड्न निर्देशन दिएको थियो । त्यसपछि महानगरपालिका भाडामा जेडीए कम्प्लेक्समा सरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?