+
+
Shares

भट्टराइलाई मनपर्‍यो नायिकाको निर्दोशपन, रमेशलाई ठाउँको ठाउँ निकालेका थिए

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १०:५७

braslet team
कलाकारको क्षमताको प्रसंग आउने बित्तिकै निर्माता एवं कलाकार केशब भट्टराई नायक रमेश उप्रेतीको तारिफमा जुटिहाल्छन् । ‘एक्सन, रोमान्स र हल्का कमेडी पनि गर्न सक्ने नेपाली हिरो रमेश उप्रेती नै हुन्’ अनलाइनखबरसँग कुरा गर्दै भट्टराइले भने ।

लामो समय अमेरिका बसेर फर्किएका रमेशलाई मुख्य भुमिकामा लिएर चलचित्र ‘ब्रासलेट’ बनाएका भट्टराई भन्छन्-‘अहिले नेपालमा रमेश जत्तिको पफ्रेक्ट हिरो अरु कोहि छैन ।’

आफ्नो चलचित्र रिलिज हुन लाग्दा आफ्नो कलाकारको प्रसंसा गर्नुलाई नेपाली चलचित्र निर्माताले पुरानै शैलीको रुपमा हेरिन्छ । भट्टराइले रमेशको प्रसंसा गर्नुको एउटा कारण आफ्नै चलचित्रका नायक भएर पनि हुन सक्छ ।

यहि प्रसंगमा भट्टराई भन्छन्-‘म कुनै पनि ब्यक्तिको अनुहार हेरेर होइन क्षमता हेरेर टिप्पणी गर्छु ।’ के लुकाएर कुरा गर्नु कुनै वेला रमेश उप्रेतीको काम चित्त नबुझेर सुटिङको एकदिन अघि निकालेको थिएँ ।’

चलचित्र ‘आफ्नो मान्छे’ मा सुरुमा भट्टराइले रमेश र सारंगा श्रेष्ठलाई अनुबन्ध गरेका थिए । जब रमेश अशोक शर्माको ‘यो मायाको सागर लगायत अन्य केहि चलचित्रमा अनुबन्धित भएको भट्टराइले थाह पाए, ठाउँको ठाउँ चलचित्रबाट हटाएका थिए । ‘रमेशजीले समय मिलाएर सुटिङ गर्छु भन्नु भएको थियो तर मैले मानिन्’ । भट्टराइ भन्छन्-‘सुटिङको दिन बिहानै रमेशलाई निकालेर दिलीप रायमाझी र बिपना थापासँग सम्झौता गरेँ ।’

उनले अगाडि भने-‘रमेशजी यति ब्यस्त हुनुहुन्थ्यो कि सुटिङमा आपत पर्ला भनेर पहिल्यै निकालेँ ।’ तर अहिले रमेशजीसँगै काम गर्न पाएकोमा निकै खुसी छु ।’
‘ब्रासलेट’की नायिका रजनी केसीको पनि उस्तै प्रसंसा गरे उनले । रजनीको निर्दोशपन आफ्नो चलचित्रको लागि आवश्यक भएको भन्दै ‘परदेशी’मा काम गर्दा रजनीवाट प्रभावित भएको कुरा गरे । आउँदो भदौ १७ गतेबाट रिलिज हुने यो चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?