+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारी टोलीद्वारा रोयल ब्राण्डको पानीमा शीलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १५:३८

२७ असार, काठमाडौं । काठमाडौंको चन्दागिरी नगरपालिका १२ कञ्चनवस्तीस्थित मातातिर्थ स्प्रिङ मिनरल वाटरको कम्पनीमा सरकारी अनुगमन टोलीले शीलबन्दी गरेको छ ।

Waterआपूर्ति व्यबस्थापन बिभाग नेतृत्वको अनुगमन टोलीले रोयल ब्राण्डको पानीमा शीलबन्दी गरेको हो ।

अनुगमन टोलीले ३ दिनभित्र बिभागमा स्पष्टिकरणसहित उपस्थित हुन पनि त्यस कम्पनीका पदाधिकारीलाई निर्देशन पनि दिएको छ ।

यसअघि सोही कम्पनीलाई गत जेठ १८ गते गुणस्तर बिभागले पानीको शुद्धीकरणको मापदण्ड पूरा गर्न निर्देशन दिइसकेको थियो । तर सोमबार अनुगमनका क्रममा उक्त निर्देशन पालना नभएको पाइएपछि त्यस कम्पनी शीलबन्दीमा परेको अनुगमन टोलीका संयोजक दीपकराज पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा वानीको शीलप्याकको मापदण्ड पूरा नभएको, पानी प्रशोधनको मापदण्ड पूरा नभएको, पानी प्रशोधन गर्ने स्थान नजिकै रहेको चर्पी अत्यन्त दुर्गन्धित रहेको पाइएको थियो ।

अनुगमन टोलीमा आपूर्ति व्यवस्थापन बिभागका अधिकृत पौडेल, आपूर्ति मन्त्रालयका कपिलप्रसाद रेग्मी, जिल्ला प्रशासन कार्यालयक काठमाडौंकी अधिकृत शीला सापकोटा, खानेपाली बोर्डका बोधराज दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका कर्णबहादुर चन्द, दशरथकुमार बर्मा, प्रहरी र आपूर्तिमन्त्रीको स्वकीय सचिवालयको टोली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?