+
+
Shares

उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग विपक्षीको माग

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपभोक्ताका लागि राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले कालोबजारी र कृत्रिम अभाव बढेको भन्दै राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेका छन्।
  • तीन दलको बैठकले पेट्रोलियम पदार्थको मूल्यबृद्धि र त्यसले उत्पादन लागत बढाएको उल्लेख गर्दै आपूर्ति श्रृंखला चुस्त बनाउन सरकारलाई आग्रह गरेको छ।
  • बैठकमा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगाल, कांग्रेसकी वासना थापा र नेकपाका युवराज दुलाल सहभागी थिए।

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपभोक्ताका लागि राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् ।

बिहीबार बसेको तीन दलको बैठकले कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन गएको विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

‘पेट्रोलियम पदार्थमा पटकपटक भएको चरम मूल्यबृद्धिले खाना पकाउने ग्यास, सार्वजनिक यातायातमा भएको भाडावृद्धि र कृषि, उद्योग, सेवा र विकास निर्माणसमेतका क्षेत्रको उत्पादन लागत बढ्न गई बस्तु तथा सेवाको मूल्य आकासिएको छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘अर्कातर्फ कालाबजारी र कृत्रिम अभाव सिर्जना हुन गई सहज आपूर्ति हुन सकेको छैन । त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिलाई सम्बोधन गर्न अपूर्ति श्रृंखला चुस्त बनाई बजार अनुगमनलाई कडाई गरी उपभोक्तालाई राहत प्रदान गर्न अभिलम्ब राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

आज एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको बैठकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा, नेकपाका संसदीय दलका प्रमुख सचेतक युवराज दुलाललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?