Comments Add Comment

अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चको कारण देखाउ आदेश

२७ असार, काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

Lokman karki-in-susasan samitiशान्ता दीक्षितले दायर गरेको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलाशले लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

आफूमाथि अख्तियारले छानबिन गरेपछि विधि र प्रक्रिया मिचिएको भन्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सर्वोच्चमा रिट दायर गरे । जसमा विधि र प्रक्रियासम्मत ढंगले कारवाही गर्नुपर्ने आदेश दिएको थियो ।

तर, अख्तियारले पुनः पत्र काटेपछि दीक्षित बयानका लागि गएनन् र अख्तियारको टोलीले उनलाई पक्राउ गर्‍यो । त्यसपछि कनकमणि पत्नी शान्ता दीक्षितले गत वैशाख २२ गते सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दिएकी थिएन् ।

अख्तियारको थुनामा रहेका दीक्षित भने बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको आदेशमा नै थुनामुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment