Comments Add Comment

करिव ३ करोड लगानीमा दुवईमा नेपालीको क्लिनिङ कम्पनी

nepali-bussiness-in-use

युएई- नेपालीहरुका लागि वैदेशिक रोजगारीको सहज तथा आकर्षक गन्तव्य मुलुक युएईमा नेपाली व्यावसायीहरु गुणात्मक रुपमा बढिरहेका छन् । हरेक साता नेपालीहरुको लगानीमा खोलिएका कम्पनीहरु सञ्चालनमा आइरहेका छन् । रेस्टुरेन्ट, ट्राभलमा नेपालीहरुको उल्लेख्य सहभागिता छ भने पछिल्लोपटक नेपालीहरु क्लिनिङ कम्पनीतर्फ पनि आकषिर्त भएका छन् ।

युएईमा लामो समय रोजगार गरेपछि गत वर्षमात्र सर्लाही फुड स्टोर खोलेका सर्लाहीका देव धिमालले एक वर्षभित्रै अर्को व्यवसाय सुरु गरेका छन् । सर्लाही फुड स्टोरको सफलताबाट प्रभावित धिमालले एक पाकिस्तानी साथीसँग मिलेर खान अल जदिद क्लिनिङ कम्पनी एलएलसी स्थापना गरेका हुन् ।

एक मिलियन दिराम्सको मूल पुँजीबाट सञ्चालित यस कम्पनीले अन्य कम्पनीमा कामदार उपलब्ध गराउने सञ्चालक धिमालले बताए । यसका अतिरिक्त बिल्डिङ मेन्टिनेन्स, लोडिङ तथा अपलोडिङ सर्भिस, एसी मर्मत, फायर एक्टिङग्युचर सेवा, प्लम्बिङ सेवा, सेक्युरिटी क्यामरा जडान लगायत सबै मेन्टिनेन्स सेवा उपलब्ध गराउने कम्पनी व्यवस्थापनले बताएको छ ।

दुबईमा मुख्य कार्यालय रहेको यस कम्पनीले युएईका सातै वटा प्रान्तमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । तत्काल १२ जना नेपालीलाई रोजगारीमा राखेर सेवा सुरु गरेको यस कम्पनीले निकट भविष्यमा रोजगारीमा नेपालीहरुलाई प्राथमिकता दिने सञ्चालक धिमालको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment