Comments Add Comment

सर्लाहीका गाविस सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ

२९ असार, काठमाडौं । महोत्तरीको बर्दिबासबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले सर्लाहीका एक गाविससचिवलाई सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।

Pakrauसर्लाही सिसौठ गाविसका गाविससचिव अनुज श्रीवास्तव र प्राविधिक सहायक रामआज्ञ बैठालाई ९ हजार घुस लिँदालिँदै प्रहरीसहितको टोलीले रंगेहात पक्राउ गरिएको अख्तियार सम्पर्क कार्यालय बर्दिबासका निमित्त प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

गाविस अन्तर्गत पर्ने ८० हजार लागतमा कच्ची सडक ग्रावेल गर्ने क्रममा स्थानीय उपभोक्तासँग गाविससचिवले २० हजार घुस मागेका थिए । त्यसमध्ये ११ हजार पहिलेनै बुझाइसकिएकोमा बाँकी ९ हजार बुझ्न लाग्दा उनलाई मलंगवास्थित आफ्नै निवासबाट अख्तियारले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment