Comments Add Comment

गोदाममै थन्कियो चीनले दिएको ११ हजार इन्डक्सन

नयाँ मूल्य राखेर बेच्ने योजना

chinise-induction (1)३० असार, काठमाडौं । चीनबाट अनुदानमा १० हजार इन्डक्सन चुल्हो आएको ७ महिना बित्यो । तर, सरकारले त्यसलाई बेच्न त के त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदामबाट भन्सार चुक्ता गरेर निकालेको पनि छैन ।

नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सनमध्ये २ महिनामा एउटा मात्रै बिक्री भएपछि दोस्रो  दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

चुल्हो भन्सारमा थन्किँदा विक्रीको जिम्मा पाएको नेशनल ट्रेडिङले दैनिक २५ देखि ३० हजार रुपैयाँ जरिवाना स्वरुप बिलम्ब शुल्क बेहोनुपर्ने अवस्था छ । विलम्ब शूल्कबापतको रकम जोडेर अब इन्डक्सन बेच्दा त्यसमा जोडिने भएकाले अनुदानको इन्डक्सन बेच्दा झन मूल्य बढ्ने नेशनल ट्रेडिङका अधिकारीहरु बताउँछन् ।

नयाँ मूल्य कायम हुने

तर, आपूर्ति मन्त्रालयका प्रवक्ता अनन्दप्रसाद रेग्मी विलम्ब शुल्क मिनाह गरेर इन्डक्सनको नयाँ मूल्य तोकिने बताउँछन् । यसलाई बेच्ने जिम्मा पाएको नेशनल ट्रेडिङ लिमिटेडले आफूसँग भन्सार पास गर्ने रकम नभएको बताइरहेको छ ।

गत मंसिरको मध्यमा काठमाडौं आएको इन्डक्सनको अझै भन्सार पास गराउन सरकारले चासो देखाएको छैन । उसो त, बेच्न राखिएका १३ सय वटा इन्डक्सन पनि किन्न एउटा पनि ग्राहक विक्री कक्षमा पुगेका छैनन् ।

१० हजार चुल्होको भन्सार पास गर्न ठूलो खर्च लाग्ने नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहेताले बताए । ‘यो सरकारको सम्पत्ति भएकाले हामीलाई बिक्री वितरण वितरणको जिम्मेवारी दिइएको हो’ मेहेताले अनलाइनखबरसँग भने-‘सरकारले कि त भन्सार मिनाह गर्नुपर्छ, नत्र भन्सार आफैंले तिर्नुपर्छ । होइन भने बेचेर भन्सार तिर्नर्ेगरी त्यसलाई पास गरिदनुपर्छ ।’

आपूर्तिका प्रवक्ता रेग्मीले विक्रीमा राखिएका इन्डक्सन मूल्य अत्याधिक भएका कारण बिक्न नसकेकोले अब नयाँ मूल्य तोकिने बताउँछन् । उपभोक्ताले किन्न सक्ने गरी मूल्य तोक्न मनत्रालयले एक एक समिति नै बनाएको छ । केही हप्ताभित्रै समितिले नयाँ मूल्य सिफरिस गरेर अर्थमनत्रालयमार्फत निर्णय गराउने उनले बताए ।

अर्थ मन्त्रालयका अधिकारी इन्डक्सनको भन्सार मिनाह गर्ने पक्षमा देखिएका छैनन् । तर, इन्डक्सन चुल्हो बेच्नैपर्ने भएकाले भन्सार र विलम्ब शुल्क मिनाह गर्नैपर्ने आपूर्ति मन्त्रालयको तर्क छ ।

नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

तर, पहिलो चरणमा आएका इन्डक्सक्सनलाई प्रतिगोटा १२ हजार रुपैयाँमा बिक्री खुला गरेपछि एउटा मात्रै इन्डक्सन बिकेको छ । यही ब्राण्डको चिनियाँ एकमुखे इन्डक्सन नेपाली बजारमा ५ हजार रुपैयाँ मै पाइन्छ । त्यसै कारण उपभोक्ताले त्यो किन्न चासो देखाएनन् ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो ।  सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको छ ।

सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको हो । अब केही समयपछि मूल्य घटाएर बेच्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment