Comments Add Comment

खुसी रहन चाहनुहुन्छ ? फलफूल खानुस्

Culinary_fruits_front_view copy copyभनिन्छ फलफूल तथा सागसब्जी खाँदा जति पौष्टिक पदार्थ प्राप्त हुन्छ त्यति अरु कुनैपनि खानेकुराबाट प्राप्त हुन सक्दैन । यदि तपाइँले खानमा पौष्टिक आहार समावेश गर्नुभयो भने त्यो स्वस्थ भोजनको एक संकेत हो ।

एक अध्ययन अनुसार दिनमा कम्तिमा ८ पटक फलफूल तथा सागपातको सेवन गर्नाले मानिसलाई क्यान्सर तथा मुटु सम्बन्धि रोगको खतराबाट बचाउँदछ । साथै यसले मानिसको खुसीको स्तरमा पनि वृद्धि गर्दछ ।

शोधकर्ता बेलायतको लण्डनस्थित युनिभर्सिटी अफ वारविकका प्राध्यापक एन्ड्र ओसवाल्ड भन्छन्: फलफूल तथा सागसब्जी खाँदा हाम्रो खुसीमा तिव्ररुपमा बढोत्तरी हुन्छ र यसले हाम्रो स्वास्थ्यलाई पनि राम्रो बनाउँदछ ।

शोधबाट के निष्कर्ष निकालिएको छ भने दैनिक ८ खुराक सम्म फलफूल तथा सागसब्जीको सेवनले स्वास्थ्यलाई अब्बल बनाउनुका साथै हाम्रो खुसीको स्तरमा पनि बढोत्तरी गर्दछ । शोधकर्ताहरुले के पत्ता लगाएका छन् भने पहिले फलफूल तथा सागसब्जीको पर्याप्त सेवन नगर्ने मानिसहरुले दिनको ८ पटक फलफूल तथा सागसब्जी सेवन गर्न थालेपछि उनीहरुको सन्तोषको स्तरमा वृद्धि हुन्छ ।

ओसवाल्डका अनुसार फलफूल तथा सागपातको भोजन बढाउने बित्तिकै खुसीको स्तरमा वृद्धि हुन थाल्दछ ।

शोधका क्रममा दुइ वर्षभन्दा धेरै समय सम्म लगातार सागसब्जी तथा फलफूलको पर्याप्त सेवन गर्ने मानिसहरु बढि सकारात्मक हुनुका साथै मनोवैज्ञानिक रुपमा लाभ पाएको पाइयो ।

त्यस्तै अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्याण्डका शोधकर्ता रेडजो मजसिक भन्छन्: आफ्नो भोजनमा फलफूल तथा सागसब्जी सामेल गर्नाले हामीलाई मनोवैज्ञानिक लाभ मिल्दछ । जबकी फलफूल तथा सागपातको सेवनबाट मिल्ने रोगप्रतिरोधी लाभ भने दशकपछि मात्र प्राप्त हुन्छ ।

ऋमेरिकन जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित शोधमा भनिएको छ की स्वास्थ्यकर्मीहरुले मानिसहरुलाई फलफूल तथा सागसब्जी बढि खान प्रेरित गर्नुपर्दछ । खासगरी विकाशशील देशमा, जहाँ मानिसहरु अस्वस्थकर आहार ग्रहण गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment