+
+
Shares

तातोपानीको अस्तित्व खतरामा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते ६:३०

Bhotekoshi, Photo Shreedhar Neupane (5)१ साउन, काठमाडौं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्र फेरी पुरानै रुपमा र्फकन्छ र बस्ती बस्छ भन्नेमा शंका छ ।

तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन् । असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन् ।

कोदारीकै डोल्मा तामाङ पनि तोपानी क्षेत्रको अबको भविश्य अन्नयेल भएको बताउँछिन् । माथितिर भाी र तल भोटेकोसीको तिरमा रहेको बस्ती फेरि ब्युतेलान् भन्ने उनी आशावादी छैनन् । अाजको अन्नपूर्णमा समाचार छ ।

बाढीपछि भोटेकोसीको ड्यामका कारण घर थप जोखिममा परेको तातोपानीका पूर्वगाविस अध्यक्ष अमृत खड्काले बताए । उनका अनुसार ड्याम तत्काल नखोले थप एक सय ६८ घर कटानमा पर्ने सम्भावना छ ।

गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्ष्तविक्ष्त भएको छ । बाह्रविसेदेखि सीमासम्म २७ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा सडक कठान भएको छ । पूर्ण रुपमा सडक कटान भएकाले पहिरो र भीरबाट यात्रा गर्नुपरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?