Comments Add Comment

प्रचण्ड निवासमा माओवादी केन्द्रको बैठक

Mao-Meet

३ साउन, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा नयाा सरकार गठनबारे छलफल हुने जनाइएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसागै संसदमा नेपाली कांग्रेससाग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य गरिरहेको छ ।

अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा छलफल नगरेको भन्दै निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो । तर, यसमा बहस गर्दै जाने र पार्टीको निर्णयलाई एकतावद्ध भएर कार्यान्वयन गर्ने आइतबार सहमति जुटेको नेताहरुले दाबी गरेका छन् ।

आइतबारको बैठकले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पास गराउन एकतावद्ध भएर लाग्ने निर्णयसमेत गरेको थयिो ।

पार्टीको संगठनात्मक विषयअन्तरगत पोलिटब्यूरो, सचिवालय लगायतलाई पूर्णता दिनबारे भने आइतबार छलफल भएन । यसबारे आजको बैठकमा छलफल हुने माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment