Comments Add Comment

घर जान हिँडेकाहरू

२९ काठमाडौं ।  कलंकी चोकमा भारी झोला बोकेर वरपर गरिरहेका मानिसहरु देखिन्छन् । विभिन्न जिल्ला घर भई काठमाडौंमा रोजगारी गरिरहेकाहरू आजभोली घर जानका लागि गाडीको खोजी गरिरहेका भेटिन्छन् । निरन्तरको निषेधाज्ञले बेरोजगार बनेका उनीहरू जसरी हुन्छ घर जाने ध्याउन्नमा छन् ।

बुधबार साँझ त्रिशुलीका सुरेश गाडीको खोजी गरिरहेका थिए । निक्कै बेर झोला बोकेर वरपर गरिरह । केही सिप नचलेपछि उनी एक बन्द सटरको सिँढीमा झोला बिसाएर कसैलाई फोनमा भन्दै थिए, ‘जसरी पनि भनिदिनुपरो दाइ ।’

गाडी मिल्यो त भन्ने जिज्ञासामा उनले भने, ‘खै एक जना दाइले समान बोक्ने गाडीमा मिलाउँछु भन्नु भएको छ । हेरौं ।’  साहुकहाँ सुन बनाउने काम गर्छन् उनी । निषेधाज्ञ भएपछि यत्तिञ्जेल कोठामा बसे ।गाउँका साथीहरू केही निषेधाज्ञा भएकै हप्ता हिँडेरै घर गए । साथीहरूले उनलाई पनि जाउँ नभनेका होइनन् । उनी भने ‘२९ गतेदेखि खुलिहाल्छ के जानु भनेर गएनन् ।’

सुरेशले भने-घरमा भयो भने सबै जनासँग भइन्छ । यहाँ कोठामा एक्लै कसरी बस्नु ? साहुले पनि मतलब गर्दैन । गाउँमा क्वारेन्टाइनमा जाने हो । नौ, दश दिन त्यहाँ बसेपछि मात्रै घर जान्छु ।

तर अवस्था उनले भनेजस्तो भएन । जेठ १३ सम्म निषेधाज्ञा लम्बियो । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि १३ गते पनि खुल्ने छाँटकाँट नदेखेपछि उनी जसरी पनि घर जान कस्सिएका हुन् ।

भन्छन्, ‘उहाँ भयो भने सबै जनासँग भईन्छ । यहाँ कोठामा एक्लै कसरी बस्नु । साहुले पनि मतलब गर्दैन ।’ अनि यस्तो जोखिम मोलेर जाँदा भाइरस बोकेर लाने सम्भावना होला नि ? भन्ने प्रश्नमा उनले भने, ‘गाउँमा क्वारेन्टाईन बनाको छ । गएर घर नगई त्यहाँ जाने हो । नौ, दश दिन त्यहाँ बसेपछि मात्रै घर जाने ।’

बिहारका मोहम्मद कलाम पनि गाडीको खोजीमा छन्  उनी बीरगन्ज जाने गाडी खोजिरहेका थिए । एक उद्योगमा लेडिज पर्स, बेल्ट बनाउने काम गरिरहेका कलाम दुई महिनाअघि मात्रै कामका लागि नेपाल आएका थिए । स्पष्टसँग नेपाली बोल्न समेत नजान्ने उनी घरको चिन्ताले बस्न नसकेको बताउँदै थिए । तरकारी बोक्ने गाडी, ट्रक जे पाइन्छ त्यसमा जाने सुर कसेर उनी कलंकी पुगेका हुन् । कुनै गाडी देख्ने वित्तिकै उनी कुदेर सोधिहाल्थे ।

बीरगन्ज पर्साका शेषनाथ मुखिया गोँगबु बसपार्क नजिक सिलाईकटाई पसलमा काम गर्छन् । उनी पनि घर जानका लागि गाडी खोज्न कलंकी पुगेका छन् । एक घन्टाभन्दा बढी हिँडेर कलंकी पुगेका उनले भने,  ‘त्यहाँबाट बस पनि पाइन्छ रे भन्ने सुनेर आएको हुँ । यहाँ त केही पाइएको छैन । अब हिँडेर जान पनि सकिन्न । पाएन भने कोठामै फर्कन्छु ।

उनी जस्ता धेरै जना ‘गाडी पाईहालिन्छ कि’ भनेर घर जान तम्तयार भएर पुग्नेहरुको यहाँ ठूलै संख्या छ ।  मोरङका विद्यार्थी किशोरहरु गाडीमा टिकट बुक गरेर कलंकी आएको बताउँदै थिए ।केही गाडीहरुले जिल्ला प्रशासन कार्यलयको सिफारिस लिएर नै यात्रु बोकिरहेको उनीहरूको भनाइ थियो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष डोलनाथ खनाल भने कुनै पनि बसले त्यसरी यात्रु नबोकेको बताए ।

उनले भने, ‘विशेष परिस्थित हुँदा सिफारिस लिएर यात्रु बोकेको होला तर नियमित भने कुनै बसले बोकेको मेरो जानकारीमा छैन ।’ तस्विरः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment