+
+
Shares

अस्पतालहरुले भर्ना रोकेपछि आयो जिल्ला प्रशासनको विज्ञप्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते २१:५८

२९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना नलिने गरी गरेको घोषणामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाह गर्न लागि सार्वजनिक ध्यानाकर्षण गराएका छन् ।

अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सवै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्यले आम नागरिकमा समेत असर पर्ने कार्यालयले बताएको छ ।

यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोभिड १९ को नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?