Comments Add Comment

अष्ट्रेलियाली सरकारले दियो तिम्सिनालाई वकिलको मान्यता

अष्ट्रेलिया निती नियम र क़ानूनी रूपमा भरपर्दो अनि बिश्वासिलो मूलुकको रूपमा चिनिन्छ। यतिबेला उच्च अध्यन गर्न आउने बिधार्थीहरू मध्य अष्ट्रेलियाले नेपाली बिधार्थीहरूलाई प्राथमिकतामा पनि राख्ने गरेको छ ।

khagerndra raj timsinaतर अब बिधार्थीहरूका लागि मात्र होईन कि यहांको कानुनी पहुँचमा पनि नेपालीहरूले आफ्नो उपस्थिति शानका साथ दर्शाउन थालेका छन । अष्टेलियामा बिभिन्न क्षेत्र र पेशामा नेपालीहरू ब्स्त भैरहंदा खिलेन्द्र राज तिम्सिनाले भने आफूलाई अष्टेलियाको कोर्टमा गएर बहस गर्न सक्ने हैसियतमा पु-याएका छन ।

अष्ट्रेलियामा कोर्टमा गएर बहस गर्न सक्ने मान्यता पाएका नेपालीहरूको संख्या गन्ने हो भने एक हातको औला पनि बढी हुन्छ ।

तिम्सिनाले केन्द्रिय संरचनाको हाई कोर्ट अफ अष्ट्रेलिया र तलका अदालतहरूका साथै न्यू साउथ वेल्स राज्यको सुप्रिम कोर्ट र त्यस अन्तर्गत तलका अदालतमा कानुनी बहस गर्न पाउने छन् ।

उनले फौजदारी ,अध्यागमन , सम्बन्ध बिच्छेद र सम्पती सम्बन्धि कानुनका बिषयमा काम शुरू गर्ने बताएका छन -‘ अब ल फर्म सन्चालनमा ल्याएर सेबा प्रदान गर्ने छु -‘ खिलेन्द्रले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment