Comments Add Comment

भूकम्पपछि अपार्टमेन्ट किनबेच ठप्प, कम्पनी दर्ता हुनै छाडे

apartment५ साउन, काठमाडौं । गत वर्षको भूकम्पपछि मुलुकमा अपार्टमेन्ट किनबेच ठप्प हुँदा नयाँ निर्माण समते हुन सकेका छैनन् ।

निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधिन अपार्टमेन्ट बिक्री नभएपछि अपार्टमेन्ट कम्पनी दर्ता हुनैं छाडेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार गत वर्षदेखि हालसम्म एउटा पनि अपार्टमेन्ट कम्पनीले स्वीकृत लिएका छैनन् ।

विभागका अनुसार अन्तिम पटक ०७१ मा रोड सो अपार्टमेन्टले स्वीकृति लिएको थियो ।  उपत्यकामा हालसम्म ७२ अपार्टमेन्टले स्वीकृति लिएका आजको कारोबार दैनिकमा समाचार छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीका अनुसार पछिल्लो ५ वर्षदेखि नै निरन्तर ओरालो लागेको अपार्टमेन्ट दर्ता गत वर्षबाट शून्य हुनुमा भूकम्पपछिको त्रास नै मुख्य कारण हो ।

उपत्यका बाहिर भने हालसम्म अपार्टमेन्ट सञ्चालमा आएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment