+
+
Shares

आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी दानबहादुर कार्कीलाई पार्टीको निर्देशन अनुसार पनि जिम्मेवारी फेरिएको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउन निर्देशन नदिएको बताएका छन्।
  • मन्त्रिपरिषद्ले आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको थियो।
  • खरेलले पत्रकार पक्राउसम्बन्धी घटनामा सरकारले कारबाही नभई जिम्मेवारी हेरफेर मात्र भएको भन्दै स्पष्टता दिनुपर्ने बताए।

१८ कात्तिक, काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई  पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे  मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए।

तर पार्टी प्रवक्ता जगदीश खरेलले अनलाइनखबरसँग कुरा गर्दै पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम पनि नगर्ने बताएका हुन्।

आजको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको हो।

 पार्टी प्रवक्ता खरेलले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन।’

यस घटनाप्रति पार्टीको प्रारम्भिक भनाइ के हो ? भन्ने प्रश्नमा उनले थपे, ‘पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने खालको निर्देशन दिँदा पनि दिँदैन, दिएको पनि छैन। पार्टीको भूमिका यसमा छैन।’

उनले केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनामा कारबाही भएको भए पनि सरकारले स्पष्ट भन्नुपर्ने बताए।

उनले सरकारले कार्कीलाई कारबाही नभनी जिम्मेवारी हेरफेर भनेको पनि बताए। ‘पत्रकार पक्राउ परेको घटनालाई लिएर भन्यो भने- कारबाही पनि हैन। पार्टीले कारबाही पत्रकार पक्राउको घटनामा पक्राउ गर्ने व्यक्ति तथा आदेश दिनेलाई गर्नू भनेको हो। सरकारले त्यो घटनामा कारबाही गरेको पनि भनेको छैन। कि पार्टीको निर्देशनमा त्यही घटनामा कारबाही भन्नुपर्‍यो।’

उनले यसबारे सरकारले नै थप स्पष्ट पार्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?