सर्जकहरूका लागि मूलुक बाधा बन्दैन । बिश्वको जून सुकै कुनामा गएता पनि उनिहरूले आफ्नो सृजनालाई मर्न दिएका छैनन । प्रवासको जिबन ,त्यसमाथि ब्यस्तता । तर पनि सृजनालाई निरन्तरता दिई नै रहेका छन नेपालीहरूले ।
अष्ट्रेलियामा लामो समयदेखी बस्दै आएका केही सर्जकहरूको एक जूटताले अष्ट्रेलियाको सांगितीक बजार तताऊने भएको छ । यी गीत संगीत सर्जकहरूको सृजनालाई एकै ठांउमा जुटाने काम भने मनोज अधिकारीले गरेका छन ।
लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका मनोज अष्ट्रेलियामा छायांकन भएको नेपाली चलचित्र ऋतु का निर्देशक हुन । अष्ट्रेलियामा रहेका छ जना गायक गायिकाहरूको आबाजलाई एउटै एल्बम उडानमा सुन्न पाईने भएको छ -‘ बिभिन्न अबसरहरूको खोजीमा अष्टेलिया आउनु भएका सर्जकहरूलाई समेट्न खाज्ने प्रयास हो हाम्रो । यो एल्बममा छुट्नु भएका सर्जकहरूलाई अर्कोमा समेट्ने छौ -‘ एल्बमका परिकल्पनाकार मनोज अधिकारी भन्छन् ।
एल्बममा ७ वटा गीतहरू समावेश गरिएको छ भने ईश्वर पोखरेल,समीर आचार्य,सुजाता उपाध्याय मानन्धर , संजीव पराजुली,नरेन कुलुगं र मोक्क्षदा सिलबालले स्बर दिएका छन ।
यो एल्बममा गीत रचना र स्वर अष्ट्रेलियामा रहेका सर्जकले दिएका छन भने संगीत नेपालमा नै रहेका संगीतकारहरूले प्रदान गरेका छन । एल्बममा न्हू ब्रजाचार्य , अर्जुन पोखरेल ,राजनराज शिबाकोटी,कल्याण सिंह,आनन्द राई,हेमन्त राना र भानु ढकालको संगीत एबं निस्प्रब सजी र प्रदीप चापागाईको गीत रचना रहेको छ ।
आगामी महिना एक भब्य समारोहबीच सार्वजनिक गरिन लागिएको यो एल्बममा गीतहरूको भिडियो अष्ट्रेलियामा तयार गरिने भएको छ ।