Comments Add Comment

पीडित प्रवासी नेपालीहरुको उद्धार गर्न फुटबल प्रतियोगिता

Saudi Football meeting-3साउदी अरब। फुटबल प्रतियोगिता गराएर पीडित प्रवासी नेपालीहरुको उद्धार र पान्थर भारपा गाविसको यवा सडकको स्तरोन्नतीका लागि प्रवासी नेपालीहरुले सहयोग संकलन गर्ने भएका छन् ।

साउदी अरबको जुबैलमा रहेका प्रवासी नेपालीहरु सम्मिलित न्यू अन्नपूर्ण स्पोर्टस टिमले नेपाली साझा मंच, विवेकशिल नेपाली दल र एनआरएन एलसिसिको सहकार्यमा उक्त प्रतियोगिता गराउन लागेका हुन् ।

जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट मुख्य प्रायोजन रहेको सो फुटबल प्रतियोगितालाई प्रवासी नेपालीहरुले न्यू अन्नपूर्ण गोल्डकपका नाममा पहिलो पटक आयोजना गर्ने निर्णय गरेका छन् ।

आयोजक समितिका संयोजक श्रीयवा लिम्बूका अनुसार उक्त गोल्डकपको आयोजना आगामी सेप्टेम्बर ११, १२ र १३ तारिख तीन दिनसम्म हुनेछ । जुबैल बाहिरबाट आउने टिमलाई खान बस्न समेतको व्यवस्था रहेको र सो प्रतियोगितामा साउदी अरबमा कार्यरत प्रवासी नेपालीहरुको ३० भन्दाबढी टिम सहभागी हुने छन् ।

सो प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ लाग्ने आयोजक समितिको अनुमान छ । जुबैल स्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट मुख्य प्रायोजक रहेको सो गोल्डकपका लागि १६ सदस्यीय कार्य समिति पनि निर्माण गरिएको छ ।

उक्त समितिमा संयोजक लिम्बु सहति सचिवमा अन्जनीकुमार अधिकारी, कोषाध्यक्षमा कृष्ण पुरी र सदस्यहरुमा रबिन गुरुङ, तेजु श्रेष्ठ, देबिन्द्र सुबेदी, नारायण पराजुली, सन्दिप चन्द्, बिनोद बिष्ट, सुर्य लामा, बिरेन्द्र लिम्बु, सन्जिब सुनार, बिदुर पौडेल, नमराज मैनाली, ओमप्रसाद फुयाल र अकल प्रधान रहेका छन् ।

सल्लाहकारहरुमा भने साझा मंचका अभियन्ता महेश श्रेष्ठ, चन्द्रप्रकाश भण्डारी र विवेकशिलका रमेश खत्री रहेका छन् र त्यसैगरी आर्थिक संकलन समिति, क्लब तथा टिम व्यवस्थापन समिति, प्रचार प्रसार समिति, यातायात व्यवस्थापन समिती, सुरक्षा व्यवस्थापन समिति, भोजन व्यवस्थापन समिति र सल्लाहकार समिति सहित ७ वटा उपसमिति पनि निर्माण गरिएको छ ।

आयोजकका अनुसार सो गोल्डकपमा प्रथमलाई नगद एक लाख, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने छ ।

मुस्लिम समुदायको बकर ईदमा हुने सार्वजनिक विदाको समयमा आयोजना गरिएको सो गोल्डकपका लागि जुबैल रोयल कमिशनस्थित खेल मैदान नेपाली सवाँ तीन लाख रुपैयाँ भुक्तान गरेर अग्रिमबुक समेत गरिसकिएको छ ।

समुन्द्री किनारमा अवस्थित सो स्तरीय खेलमैदानमा दर्शकहरुले खेलको मज्जा लिनुका साथै पौडी खेल्न र जहाजको यात्राको रमाईलो समेत लिन सक्ने सुविधा रहेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment