Comments Add Comment

गायक शिवाकोटीको इन्टरनेटमै लभ परेपछि (भिडियोसहित)

models

प्रवासमा रहेर पनि युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी शिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटबाट साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ रिलिजको केही समयमा नै स्रोताको मन जित्न सफल भएको थियो भने गीतको म्युजिक भिडियो निर्माणपछि सांगीतिक बजारमा यसको चर्चा अझ चुलिँदै गएको छ ।

युरोपका विभिन्न मुलुकहरुमा सांगीतिक प्रस्तुति दिइरहेका गायक शिवाकोटीको योे पछिल्लो गीतमा युवाहरुको भावनालाई मीठो शैलीमा पस्कने कोसिस गरेका छन् । रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक शिवाकोटीको सांगीतिक एल्बम ‘मुहार’मा समावेश गरिएको गीत हो ।

स्पेनको विब्बाओ सहरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोशन लम्साल र रोशनी चालिसे र सागरले अभिनय गरेका छन ।

मालती पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गरेको यो म्युजिक भिडियो उमआरन क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।

गायक शिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउँदै आए पनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन् ।

विशेषगरी प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक शिवाकोटीको यसअघि ‘नेपाल मेरो गाउँ, ‘तिम्रो मेरो प्रेम कहानी, ‘आमा मेरी आमा’ लगायतका गीतहरु श्रोताहरुमाझ लोकपि्रय भैसकेका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment