बलिउड नायिका सोनाक्षी सिन्हा र बन्टी सजदेशको नयाँ सेल्फी सार्वजनिक भएपछि उनीहरुको सम्बन्धवारे बलिउडमा थप टिप्पणी सुरु भएको छ । सोनाक्षीले अहिलेसम्म बण्टीसँग आफ्नो सम्बन्ध रहेको स्विकार गरेकी छैनन् ।
तर, उनीहरुसँगै बसेको तस्बिर सार्वजनिक भएपछि भने उनीहरुको सम्बन्धवारे चर्चा हुने गरेको छ । केहि दिनयता सोनाक्षी र बन्टीको सम्बन्धवारे फेरि चर्चा सुरु भएको छ । बन्टीको आमाको जन्मदिनको अवसरमा आयोजित पार्टीमा सोनाक्षी र बन्टीले सेल्फी खिचेका छन् । बन्टी र सोनाक्षीको सम्बन्धवारे चार वर्षअघि नै हल्ला चलेको थियो तर, सोनाक्षीले खण्डन गरेकी थिईन् ।
बन्टी खासमा मेनेजमेन्टको काम गर्छन् । उनले विराट कोहली, शिखर धवन, रोहित शर्मा लगायतका क्रिकेटरको मेनेजर भएर काम गरेका छन् । बन्टी र नायिका सुस्मिता सेनको रोमान्सले पनि केही समय बलिउड गर्माएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4