Comments Add Comment

अर्घाखाँचीमा एम्बुलेन्स संचालन गर्न कतारमा चिठ्ठा कार्यक्रम

Qatar-Chitta

कतार । जिल्लामा एम्बुलेन्स सञ्चालनका लागी अर्घाखाँची सेवा समाज कतारले भाग्यशाली चिट्टा कार्यक्रमको आयोजना गरेको छ ।

गत विहीबार दोहाको टपर्फम रेष्टुरेन्टमा आयोजित भाग्शाली चिठ्ठाको नतिजा सार्वजनिक गरिएको हो ।

कार्यक्रमका नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले संस्थाले जिल्लामा एम्बुलेन्स संचालन कार्यमा कतारबाट सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले कतारमा स्थापित सामाजिक संस्थाहरु मध्ये सामाजिक कार्यमा अग्रसर संस्थाको रुपमा रहेको बताए ।

भाग्यशाली चिठ्ठा कार्यक्रमको प्रथम पुरस्कार ल्यापटप संजय केसीले पाए । त्यस्तै दोश्रो पुरस्कार डिजिटल क्यामरा कृष्ण थापा र तेश्रो पुरस्कार सामसुङ मोबाइल सलिम अलीले पाए । चौथो पुरस्कार ३ थान मोबाईल कि्रस्टोफर, जोहन, तिर्सा परियारले पाउन सफल भए । पाँचौ पुरस्कार पाँच थान घडी दिपक मिश्र, रिता श्रेष्ठ, नसिम चौधरी, भीमकुमार मगर, पुर्णहंग लिंवगले जिते ।

कार्यक्रमको समापन गर्दै सभापति संस्थाका अध्यक्ष युवराज पाण्डेले भाग्यशाली चिठ्ठा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । समाजिक कार्यमा अगाडि बढिरहेको संस्थालाई सबैको सहयोगको आवश्यकता पर्ने भन्दै उपस्थित सबैप्रती आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment