Comments Add Comment

पारसलाई निर्मल निवास कुरुवा राखेर पूर्वराजा अचानक युरोपतिर

८ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी इटालीतर्फ प्रस्थान गरेका हुन् ।

Gyanendra-and-Komal-Shashaछोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् । उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनीद्वय पूणिर्का र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाली गएको आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।

सुनाकोठी बस्दै आएका पारस घर कुर्न भन्दै  निर्मल निवास आएका छन् । पूर्वराजा ज्ञानेन्द्र नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ ।

इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।  सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दू धर्मको वकालत गरिरहेका बेला उनी भने विदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

इटली भ्रमण भनिए पनि पूर्व राजा यूरोपका अन्नय देशरुमा समेत जाने कार्यक्रम रहेको छ । उनी स्वदेश फर्किएसँगै देश दौडाहमा निस्कने कार्यक्रम रहेको स्रोतको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment