Comments Add Comment

कालिमाटी तरकारी बजारका ६३ अनाधिकृत टहरा हटाइयो

kalimati-tarkari-bazar
९ साउन, काठमाडौं । कालिमाटी तरकारी बजारमा अनाधिकृत रुपमा बनाइएका टहरा भत्काइएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आइतबार डोजर प्रयोग गरेर अनधिकृत रुपमा बनाइएका ६३ वटा टहरा भत्काएको हो ।

तरकारी बजारको सडक पेटी तथा खाली ठाउँमा अनुमतिविना टहरा बनाएर व्यापार गरेको भन्दै समितिले टहराहरु भत्काइदिएको हो । समितिले डोजर लगेका कारण व्यापारीहरुले टहराका जस्ता आफैं निकालेका थिए ।

समितिले बजार सुधार अभियान अन्र्तगत टहरा हटाइएको समितिका उपनिर्देशक बिनय श्रेष्ठले बताए ।

समितिले आइतबार भत्काएका टहरा करिब ५ वर्ष अघि बनाइएका हुन् । व्यापारीहरुले समितिले उपलब्ध गराएका टहरामा शौचालयको गन्धले बस्न नसकेका कारण समितिसँग सहमति लिएरै टहरा बनाइएको दाबी गर्दै टहरा भत्काइएकामा विरोध गरेका छन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारभित्र पसल संचालनका लागि करिब साँढे पाँच सय व्यापारीले अनुमति लिएका छन् । बजारबाट दैनिक ६ सय टन तरकारी तथा फलफूल विक्री हुने गरेको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजार सुधार अभियान अन्र्तगत कृषकको नाममा छुट्याइएको स्थान ओगट्ने व्यापारीलाई हटाउने, सरसफाइमा ध्यान दिने तथा सडक पेटीमा सामान राख्न नदिने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment