Comments Add Comment

रणबिरले पत्रकारलाई भने ‘प्रश्न गर्दा विचार पुर्‍याउनु’

deepika-and-ranabir

मुम्बई । मुम्बइमा आयोजित एक कार्यक्रममा बलिउड अभिनेता रणबिर सिंहले मिडियाकर्मीलाई प्रश्न सोध्नु अगाडि विचार पुर्‍याउन आग्रह गरेका छन् ।

दीपिका पादुकोण र रणबिरको बिहेको प्रसंगमा गरिएको प्रश्न सुनेर बढि नै चिढिएका थिए रणबिरले पत्रकारहरुलाई हुँदै नभएको विषयमा प्रश्न नगर्न आग्रह समेत गरेका थिए । रणबिर र दिपिकाले बिहे गरिसकेको भनेर मिडियामा आएको हल्लाप्रति दिपिकाले खण्डन गरिसकेकि थिईन् । त्यहि प्रश्नको सामना रणबिरले गर्न परेको थियो ।

इरफान खान अभिनित ‘मदारी’ संगै हेरेका रणबिर-दिपिकालाई संवाददाताले सोही कार्यक्रममा बिहेको वारेमा प्रश्न गरेका थिए । फिल्मको प्रसंगमा रणबीरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment