+
+
Shares

एनआरएनको हजार घर निर्माण अभियानमा स्विटजरल्याण्डबाट ९३ लाख सहयोग

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ साउन ११ गते ८:१२

nrn help_switzerlandबार्सिलोना / भूकम्प पीडितहरुका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विटजरल्याण्डबाट करिब ९३ लाख रुपैयाँ सहयोग पुग्ने भएको छ।

गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउँन सरकारसँग सम्झौता गरिसकेको एनआरएनलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो।

स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्र्याङकस् र स्वीस-नेपाली समाजको १० हजार स्वीस फ्र्याङकस् गरी करिब ९३ लाख रुपैयाँ एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको छ।

गैर आबासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको बिशेष उपस्थितिमा जुरिखमा आईतबार आयोजित एक कार्यक्रमबीच रकम प्रदान गर्ने घोषणा भएको हो। स्विटजरल्याण्डमा उठेको रकमलाई पुनर्निर्माणमा खर्च गर्न एनआरएनलाई बिश्वास गरेकोमा संघका अध्यक्ष घलेले खुशी ब्यक्त गरेका छन्।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग संघले सम्झौता गरे पछिको प्रगती बिबरण बारे जानकारी गराएका थिए। उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए।

घलेले भने,” एनआरएनएले “मोडल भिलेज” बनाउँने प्रक्रिया पनि मोडेल प्रोसेसबाट होस् भन्ने चाहाना अनुरुप नै तयारी गरिरहेको छ।” मोडल भिलेजमा घरहरु मात्र बनाएर सार्थक नहुने बताउँदै उनले गाउँका लागि सडक, खानेपानी, पाठशाला, कम्युनिटि हल जस्ता पूर्वाधारको आवश्यकता हुनु पर्नेमा पनि जोड दिए।

कार्यक्रममा बोल्दै संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले भूकम्प पीडितका एनआरएनले संकलन गरेको रकम र निर्माणको क्रममा एक पैसा पनि तल माथि नहुने प्रतिबद्दता ब्यक्त गरे। उपाध्यक्ष पन्तले संघको संस्थागत विकासमा केहि चुनौतीहरु भए पनि संघलाई सबैको साझा संस्था बनाउँनु पर्नेमा जोड दिए।

कार्यक्रममा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक दिल गुरूङ आईसिसि सदस्य डा. विनय श्रेष्ठ,राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङ, स्वीस-नेपाली समाजका अध्यक्ष डा. मार्कुस रुकस्थुल, स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानका संयोजक पितम गुरूङ लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। बिभिन्न तिन चरणमा बिभाजन गर्दै कार्यक्रम सम्पन्न भएको हो।

यस अघि संघले प्रत्येक घर बनाउँदा करिब ३ लाख ५० हजार रुपैयाँको खर्च अनुमान गरे पनि संकलन भएको  रकम अपुग हुने देखिएको बेला स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो । एनआरएनले भूकम्प पिडितका लागि घर निर्माणको काम थाल्ने बित्तिकै,बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट पनि थप रकम संकलन गर्न अभियान थाल्न सक्ने आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?