
२६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनआरएनएमा राजनीतिक दलको प्रवेश दुःखद र लज्जास्पद रहेको बताएको छ ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्याल(डीपी)ले सरकारमै रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा छुट्टाछुट्टै एनआरएनए बनाएको बताउँछन् । यसले समस्या थप बढेको उनको भनाइ छ ।
‘सरकारमै बसेका दुई दल दुई वटा छुट्टाछुट्र्ट एनआरएनए बनाएर विभाजनको राजनीति गर्न सक्रिय भएका छन्’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभापति अर्यालले भने । सत्तापक्षका दुई दलका सांसदहरूले संसदमै आ–आफ्नो पक्षका एनआरएनको बचाउमा ब्याख्या गरेको उनले बताए ।
उनी थप्छन्, ‘देशभित्रको सबै क्षेत्रमा भागवण्डाले नपुगेर एउटा स्वच्छ भावनाबाट स्थापना भएको एनआरएनएमा समेत दलको प्रवेश दुखःद र लज्जास्पद कुरा हो’ उनले भने ।
सबैलाई मिलेर अगाडि बढ्न सुझाव दिने र पहल लिनुपर्नेमा सरकार नै एनआरएनएमा विभाजन गर्न उद्धत रहेको आरोप लगाएका हुन् ।
प्रतिक्रिया 4