Comments Add Comment

चर्चा थियो श्रृष्टीको, तर ‘नेप्टे’मा दयाहाङसँग पूर्णिमाको रोमान्स

dayahang rai and purnima lama
नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले चलचित्र ‘नेप्टे’मा काम गर्ने चर्चा थियो । तर, अन्तिम संझौता नभएसम्म कुनै पनि कलाकारले काम गर्ने वा नगर्ने टुङ्गो हुँदैन ।
अब, यो चलचित्रमा श्रृष्टी नहुने पक्का भएको छ भने कलाकार पूणिर्मा लामाले उनको स्थान लिएकी छिन् ।

चलचित्रमा नायक दयाहाङ राई फाइनल भैसकेका थिए । चलचित्रमा यी दुई बाहेक भानुप्रताप, वुद्धी तामाङ, अर्जुन गुरुङ, निर्मल तामाङ, अजय खड्का मुख्य भूमिकामा रहनेछन् ।

कमेडी कथामा बन्ने यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन् । हरि लामाको छायांकन, कविराज गहतराज, दिनेश पाखि्रन, गोविन्द राई र नरेश विक्रम सिंहको कोरियोग्राफी चलचित्रमा रहनेछन ।

रोशन श्रेष्ठले एक्सन निर्देशन गर्ने चलचित्रमा उदितनारायण, बाबु बोगटी, मिलन अमात्य, ओम सुनवार, सावित्री जोशीले गीतमा आवाज दिनेछन् । मंसिरको पहिलो साताबाट चलचित्र छायांकनमा जाने यसका कलाकार तथा प्रस्तुतकर्ता रोहित रुम्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment