१३ साउन, काठमाडौं । भारतले नेपालमा भएको सरकार परिर्वतनको तयारीलाई आन्तरिक मामिला भएको छ ।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपलाई प्रधानमन्त्री केपी ओलीको राजीनापछि भारत खुसी भएको हो भनेर प्रश्न सोधिएको थियो ।
तर, प्रवक्ता स्वरुपले सरकार न त खुसी छ, न दुःखी नै रहेको बताए । जुन सुकै देश भएपनि जस्तो नेतृत्व छ, उसँग काम गर्नु सरकारको दायित्व भएको उनले बताए ।
उनले अघि भने, पछिल्लो राजनीतिक परिर्वतनलाई अन्तरिक मामिला हो । हामी कमेन्ट गर्दैनौं ।’
प्रधानमन्त्री ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा भारत खुसी भएकोदेखि नेपाली राजनीतिमा भारत पुनरागमन हुने समाचार प्रकाशित गरेका थिए ।
भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उसले नेपाल सरकारले आग्रह गरेमा जुनसकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रवक्ता विकाश स्वरुपले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट हामी दुःखी छौं । यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार छ ।’
प्रतिक्रिया 4