Comments Add Comment

साग पदकधारी बक्सिङ खेलाडी मगरको निधन

१४ साउन, काठमाडौं । दुई बर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता बक्सिङ खेलाडी इन्द्रबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको छ ।

Indra-Magar-Boxing

आन्द्राको क्यान्सरपछि ललितपुरको हरिसिद्धिमा उपचार गराइरहेका बक्सिङ खेलाडी मगरलाई बिहीबार राति आठ बजे डाक्टरले मृत घोषणा गरेका थिए । उनी दुई बर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा राखिएको थियो । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले उनलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

२०२७ साल असार ३० गते तनहुँको आँवुखैरेनीमा जन्मिएका मगरले २०५५ सालमा काठमाडौंमै भएको आठौं दक्षिण एशियाली खेलकुदमा काश्यपदक जितेका थिए । उनले ५१ केजीमुनि तौल समूहबाट सो उपलब्धि हाँसिल गरेका हुन । त्यसको एक बर्षअघि उनले भारतमा भएको नेहरु कप बक्सिङमा पनि काश्य पदक जितेका थिए ।

२०४६ सालमा नेपाल पुलिसमा भर्ना भएपछि राष्ट्रय बक्सिङमा उनको तौल समूहमा उनले लगातार स्वर्ण जितेका थिए । उनी २०५६ सालसम्म पुलिस क्लवमा रहे । खेलाडीको रुपमा लामो समय योगदान गरेपछि उनी सन् २००० यता कोरियामा बस्दै आएका थिए ।

उनको अन्तिम संस्कारका लागि पार्थिव शरीर आँवुखैरेनी लगिने परिवारका सदस्यहरुले जनाएका छन् । उनका श्रीमती, १८ बर्षीया छोरी र १२ बर्षीय छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment