+
+

मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १५ गते ६:१८

१५ साउन, काठमाडौं । उपत्यकाबासीले बढी रकम अखर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् ।

chickenव्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।

त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको आजको अन्नपूर्णले जनाएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेटि्रक टन मरेको कुखुरा नियन्त्रणमा लिएको छ । क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्सामा पुग्ने थियो ।

व्यवसायीले मरेका कुखुरा अवैध रुपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?