Comments Add Comment

पर्वतमा सांसदहरुको १३ लाख बढी रकम फ्रिज

१५ साउन, पर्वत । पर्वतमा आर्थिक बर्ष २०७३ र ०७४ मा सांसदहरुको निर्वाचान क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १३ लाख भन्दा बढि रकम फ्रिज भएको छ ।

जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको १३ लाख ३२ हजार रुपैयाँ फ्रिज भएको हो ।

 Parbat-Kusmaपर्वतका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद र एकजना समानुपातिक सांसदमार्फत भित्रिएको तिन करोड ६० लाख रकममध्ये १३ लाख ३२ हजार रुपैयाँ फ्रिज भएको जिल्ला विकास समिति पर्वतले जानकारी दिएको छ ।

जिल्लाका संासदले संसद विकास कोष मार्फत विनियोजन गरेका योजना स्थानीय तहमा जनताले समयमै पुरा नगरेकालेे उक्त रकम फ्रिज भएको जिल्ला विकास समिति पर्वतले जनाएको छ ।

संसदीय क्षेत्र विकासको लागि सांसदले पाएको रकम मध्ये सबै भन्दा बढी नेपाली काङग्रेसका सांसद अर्जुन प्रसाद जोशीको रकम फ्रिज भएको छ भने समानुपातिक सांसद कल्पना चापागाईंको भने सबै योजना समयमानै सम्पन्न भई रकम सदुपयोग भएको छ ।

  क्षेत्र नंं. १ का  सांसद अर्जुनप्रसाद जोशीमार्फत आएको रकममध्ये १० लाख १३ हजार १ सया ७९,क्षेत्र नं. २ का सांसद विकास लम्सालमार्फत आएको रकममध्ये ३ लाख १९ हजार १ सय १८ रुपैयाँ फ्रिज भएको र समानुपातिक सांसद कल्पना चापागाईंको सांसद विकास कोषको रकम भने कत्तिपनि फ्रिज नभएको जिल्ला विकास समिति पर्वतले जनाएको छ ।

क्षेत्र नं. १ मा संचालित योजनामध्ये गोरेटो बाटो तथा पर्यटकीय मार्ग निर्माणको २ लाख ८६ हजार,खेलकुद निर्माण तथा विकासको १ लाख ३ सय ६७,खानेपानी निर्माण आयोजनाको १ लाख ४५ हजार,डिमुवा भीत्री वाटो कालोपत्रेको १ लाख ५७ हजार,झाप्रे वगर सडकको १ लाख ६४ हजार,खौला अधेँरीनेट सडक निर्माणको ४२ हजार,चनौटे लामापाटा सरुनचौरको २६ हजार,गाबिस भवन तथा रोटेपानी गुण्टे खेत सिंचाई मर्मतको ९० हजार रुपैंया फ्रिज भएको छ ।

  त्यस्तै क्षेत्र नं. २ तर्फ तातोपानी चुरी सडकको ६७ हजार ३ सय ९७,लामेटाप खर्क चितिखोला ९९ हजार १ सय ९८,सिउदी खोला दुग्लुङ सिंचाइको १ लाख ३९ हजार १२ र सिद्धीखर्क कालीका मन्दिरको १३ हजार ५ सय १ रुपैंया फ्रिज भएको छ ।

उक्त रकम तोकिएको समयमा विकास निर्माणका योजनाहरु सम्पन्न हुन नसक्दा फ्रिज भएको हो । यस बर्ष पर्वतका सबै गाविसहरु र सबैजसो वडाहरु सडक सञ्जाल सगँ जोडिएको भएतापनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको अधिकांस बजेट सडकमै छुट्टाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment