Comments Add Comment

पहिलो महिला निर्देशक ‘निर्देशक समाज’को अध्यक्षमा विजयी

तर, संघसंस्थाको गतिविधी साह्रै फिक्का छ

suchitra shrestha

नेपाली चलचित्रकै पहिलो महिला निर्देशकको रुपमा परिचित सुचित्रा श्रेष्ठ नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा चुनिएकी छिन् । शनिवार भएको समाजको ११ औं साधारण सभामा प्रत्यासी राजु केसीलाई हराउँदै उनी विजयी भएकी हुन् ।

सुचित्राले ६९ मत ल्याउँदा राजुले ३४ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा रक्षा सिंह राणा र दीपक खाँण बिजयी भएका छन् ।महासचिव पदमा गोपालचन्द्र लामिछाने सर्वसम्मत भए भने सचिबमा शेखर खनाल विजयी भएका छन् । कोषाध्यक्षमा विश्वमणी घिमिरे बिजयी भएका छन् ।

राजु अधिकारी सह-कोषाध्यक्षमा विजयी भएका छन् भने सदस्यहरुमा पवन प्रसाद खतिवडा, अरुण प्रधान, आरबीके शरद, अजित अधिकारी, रञ्जित राना, सानु शाक्य, र समुन्द्र भट्ट बिजयी भएका छन् ।

सुचित्रा अध्यक्ष पदमा आएपछि निर्देशक समाजको कार्यशैली फेरिन विश्वास धेरैले गरेका छन् । यो पटकको चुनावमा पनि चलचित्र क्षेत्रका हस्तीहरु दुई धारमा देखिएका । सुचित्रालाई चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका राजकुमार राइले समर्थन गरिरहँदा राजुलाई जिताउनका लागि समाजकै पूर्व अध्यक्ष केपी पाठक हात धोएर लागेका थिए ।

हुनत, नेपालमा चलचित्र सम्बन्धी संघसंस्थाको गतिविधी सन्तोषजनक छैन । विशेषगरि, मतदानको समयमा चहलपहल देखिने संघसंस्थाका प्रतिनिधीहरु अरु समय निष्त्रिmय जस्तै देखिएका हुन्छन् । विभिन्न चलचित्र सम्बन्धी कार्यक्रममा अतिथी बनेर आसनग्रहण गर्नु र भाषण गर्नु बाहेक नेपाली संघसंस्थाका अध्यक्ष र कार्यसमितीका अन्य सदस्यको कुनै काम देखिएको छैन ।

यसैले सुचित्राको कार्यकाल पनि सार्वजनिक मञ्चमा उभिएर भाषण गर्नुबाहेक अरु कुरामा सफल हुन्छ या हुँदैन, समयले नै बताउने छ । नेपालकी पहिलो महिला निर्देशकको रुपमा दाबी गर्ने सुचित्राले निर्देशक समाजलाई सही ढंगले डोर्‍याउन जरुरी छ, जुन निवर्तमान अध्यक्ष दीनेश डीसीले गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment