Comments Add Comment

सलमानका भाइसँग सन्नीको रोमान्स

sunny leone and arbaj khan
बलिउडका नाम चलेका स्टारसँग गतिलो चलचित्र खेल्ने चाहना नायिका सन्नी लियोनीले राख्दै आएकी छिन् । तर, उनको विगतको इमेजका कारण उनीसँग काम गर्न बलिउडका स्टारहरु मान्दैनन् ।

अब, सन्नीले बलिउडका एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । बलिउड नायक सलमान खानका भाई अरवाज खान र सन्नीको जोडीलाई लिएर चलचित्र ‘तेरे इन्तजार’को छायांकन सुरु गरिएको छ ।

यो चलचित्रलाई लिएर सन्नी खुबै उत्साहित देखिएकी छिन् । राजिव वालियाले यो चलचित्रको निर्देशन गरिरहेका छन् । यो चलचित्र म्यूजिकल लभस्टोरी कथामा बन्ने निर्देशक वालियाले बताए । उनका अनुसार निर्माताको पहिलो रोजाइमा नायिका सन्नी लियोनी नै थिइन् ।

नायक साहरुख खानसँग ‘रइस’ चलचित्रको एक गीतमा आइटम डान्स गरेकी सन्नीले अक्षय कुमारको एक चलचित्रमा केमियो रोल गरेकी छिन् ।
अरवाज खान उनका लागि लक्की हुन्छन् या हुँदैनन्, त्यो समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment