+
+

सार्क मन्त्रीस्तरीय बैठकमा बंगलादेशी गृहमन्त्री सहभागी नहुने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १६ गते १०:५६

१६ साउन, काठमाडौं । इस्लामावादमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गृहमन्त्रीस्तरीय बैठकमा बंगलादेशका गृहमन्त्री सहभागी नहुने भएका छन् ।

Saarcसार्क गृहमन्त्रीहरुको बैठक अगष्ट ३ र ४ मा पाकिस्तानको इस्लामावादमा हुने तय भएको छ । तर, बंगलादेशका गृहमन्त्री सहभागी नहुने भएका छन् ।

सात महिना अघि दुई देशले एकअर्काका कूटनीतिज्ञलाई निस्कासित गरेपछि बंगलादेश र पाकिस्तानको कूटनीतिक सम्वन्ध तिक्तातापूर्ण छ ।

बैठकमा पाकिस्तानका लागि बंगलादेशका तारिक अहसनसहित गृह उपसचिव लगायतको टोली सहभागी हुने बंगलादेशको डेली टाइमले जनाएको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंह भने बैठकमा सहभागी हुने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?