Comments Add Comment

सत्य निरूपण आयोगमा उजुरीको चाङ, ५३ हजार उजुरी दर्ता

TRC-Nepal१७ साउन, काठमाडौं ।  सशस्त्र द्वन्द्वका समयमा भएका घटना छानबिन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५३ हजार उजुरी दर्ता भएका छन् ।

तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबाट भएका घटनाको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी पाएको आयोगले तीन महिनाको अवधि दिएर उजुरी आह्वान गरेको थियो । तीन महिनामा ५३ हजार १६ उजुरी परेको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले जानकारी दिए ।

उनले उजुरीको संख्या हेर्दा धेरै घटनामा उजुरी परेजस्तो लागे पनि एउटै घटनामा पनि धेरै उजुरी परेको हुनसक्ने बताए । उनले भने, ‘एकैपटक यति धेरै उजुरी आयो भन्दै आत्तिनुपर्ने अवस्था छैन, एउटै घटनामा पनि धेरै उजुरी आएको हुन सक्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आयोगले ५ वैशाखदेखि असार मसान्तसम्मको समयसीमा तोकेर पीडितबाट उजुरी आह्वान गरेको थियो । पीडित पक्षले उजुरी दिने समय अपुग भएको भन्दै गुनासो गरेपछि २७ साउनसम्मको समय सीमा बढाइएको छ । थपिएको समयसीमामा भने स्थानीय शान्ति समितिमा नभई केन्द्रीय कार्यालयमा उजुरी दिन सकिने व्यवस्था छ । पीडितले फोन, फ्याक्स, इमेल तथा हुलाकमार्फत पनि उजुरी दिन सक्छन्।

आयोगबाट लिइएको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै उजुरी मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट परेको छ । मध्यपश्चिमबाट १८ हजार ८ सय ८० वटा उजुरी परेको छ भने सबैभन्दा कम २ हजार ७ सय ४२ वटा उजुरी आयोगको केन्द्रीय कार्यालयमा दर्ता भएको छ । पूर्वाञ्चलमाबाट ६ हजार ४ सय, मध्यमाअञ्चलबाट ६ हजार ६ सय ४८, पश्चिमाञ्चलबाट ८ हजार ६ सय ७४ र सुदूरपश्चिमाञ्चलबाट ९ हजार ६ सय ७२ वटा उजुरी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment