Comments Add Comment

जापानको ओकिनावामा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान शाखा गठन हुने

जापान । नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा बिभिन्न पेशा , ब्यबसाय , अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , ओकिनावा गठन गर्ने भएको छ ।

wno logoअर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन गठन गर्न लागेको जानकारी गरिएकोे छ ।

हाम्रो भाषा संस्कृतिको सरंक्षण र संबर्धन,जापान भित्र र संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय ,आफुसंग भएको सीप ,ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्वेस्यले वर्ल्ड नेवा:अर्गनाईजेशन जापान, ओकिनावा शाखा गठन गर्न लागिएको कुरा संस्थाका ओकिनावा प्रतिनिधि नारायण जोशीले जानकारी गराए ।

ओकिनावा क्षेत्रका नेवारहरु संगठित भई केहि रचनात्मक कार्य गरौं भन्ने उद्वेश्यले संगठन गठन हुन् लागेको हुनाले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीलार्इ  कार्यक्रममा सपरिवार सहभागी हुन् हार्दिक अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment