१९ साउन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट भारतीय रुपैयाँ दश लाखसहित एक जना पक्राउ परेका छन् ।
भारतको बलरामपुर जिल्ला तुल्सीपुर पोष्ट लक्ष्मीनगर निदौनी घर बताउने वर्ष ४० का धिरेन्द्र कुमार पाठक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यलाय कृष्णनगर भन्सार लिकंगेटमा भारतबाट नेपाल आउदै गरेको अवास्थामा पाठक पक्राउ परेको कृष्णनगर भन्सार लिकंगेटका सई रमेश गुरुङले बताए । पठाकलाई हिजो साझ पक्राउ गरिएको हो । पाठकले शरिरमा लुकाई राखेको अवास्थामा चेक जाच गार्दा सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुले जनाएको छ ।
उनलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाईएको जिल्ला प्रहरी कार्यलय प्रमुख विष्णु कुमार केसीले बताए । नेपालमा भारतीय रुपैयाँ २५ हजार मात्र लिएर हिड्न मिल्ने नियम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4