+
+
Shares

लागुऔषधसहित भैरहवामा दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते ११:४१

१९ साउन, भैरहवा । सिमावर्ती भारतीय बजार सुनौलीबाट अवैध लागुऔषध ल्याउँदै गरेका दुई जनालाई भैरहवा प्रहरीले पक्राउ गरेको छ ।

drugsकम्मर बाँधेको पेटीमा लुकाएर लागुऔषध ल्याउने क्रममा उनीहरुलाइ पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चितवन खेरनी नगरपालिका का १९ वर्षीय जिवन थापा र १८ वर्षीय सुशिल ढकाल रहेको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका प्रहरी नायब निरीक्षक सुर्यबहादुर पुनले जानकारी दिए ।

उनीहरुको साथबाट डाइजेपाम, फेनरागन, नुफिन ५०/५० सिसि र नाइट्रोसन एक सय ट्याबलेट बरामद भएको उनले बताए ।

उनले पक्राउ परेका युवाहरुले सुनौलीको नफिस मेडिकलबाट लागुऔषध खरिद गरेको प्रहरीलाई प्रराम्भिक बयान दिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

पक्राउ गरिएको दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?