Comments Add Comment

साहरुखसँग दीपिका चौथो पटक चलचित्रमा

srk and deepika in fourth film
बलिउड हुँदै हलिउडको यात्रा तय गरेकी नायिका दीपिका पादुकोणको यतिबेला राम्रो दिन चलिरहेको छ । उनले अभिनय गरेका सबै चलचित्र हिट छन् । उनले हालै मात्र चलचित्र ‘पद्यावती’को लागि दीपिकाले हालै मात्र १२.५ करोड पारिश्रमिक लिएकी छिन् ।

अब, उनै दीपिका बलिउडका सुपरस्टार नायक साहरुख खानसँग पर्दामा देखिन लागेको चर्चा सुरु भएको छ । निर्देशक आनन्द एल रायले नायक साहरुख खानलाई लिएर एक चलचित्र बनाउँदैछन् । चलचित्रमा साहरुख होचो मान्छेको भूमिकामा देखिदैछन् ।

यो चलचित्रको नायिकाका लागि दीपिकालाई अफर गरिएको थियो । दीपिकासँग चाडै नै संझौता हुने भारतीय मिडियाको दाबी छ । बलिउडमा साहरुख र दीपिकाको जोडीलाई हिट मानिन्छ ।

साहरुखको आफ्नै ब्यानरमा बनेको चलचित्र ‘ओम शान्ती ओम’बाट दीपिका बलिउडमा प्रवेश गरेकी थिइन् । यसपछि यो जोडीले ‘चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ जस्ता सफल चलचित्रमा काम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment